लायन शंकर केसि नेपाल–जापान फ्रेण्डसिप लायन्स क्लवको अध्यक्षमा

तनहुँको शुक्लागण्डकी नगरपालिका ७ शान्तिनगरका लायन शंकर केसि नेपाल–जापान फ्रेण्डसिप लायन्स क्लवको अध्यक्षमा निर्वाचित भएका छन् ।

जापानमा गत शनिबार समपन्न भएको अधिवेशन मार्फत केसी निर्विरोध अध्यक्षमा चयन हुन सफल भएका हुन् । बैदेशिक रोजगारीका लागि जापान पुगेका शंकरको नेतृत्वमा चयन गरिएको कार्यसमितिको प्रथम उपाध्यक्षमा लायन भागिरथ पौडेल, द्धितीय उपाध्यक्षमा लायन प्रकाश लामिछाने, तृतीय उपाध्यक्षमा लायन दिनेश रिमाल र चौथो उपाध्यक्षमा लायन सुरज ब नचयन भएका छन् । यस्तै क्लवको सचिवमा लायन अमृत भट्ट, सहसचिवमा बलराम उपाध्यायय, कोषाध्यक्षमा विनोद भण्डारी र सह कोाषाध्यक्षमा लायन प्रशान्त कंडेल चयन भएका छन् ।

उक्त अधिवेशन मार्फत क्लवको समन्वयमा  विभिन्न कार्यक्रम तथा क्रियाकलापहरु गर्न नेपाल सहित जापानका विभिन्न प्रान्त र अन्य देशहरुमा समेत समन्वयकर्ता तोकिएको छ । अध्यक्ष लायन केसीले नेपालमा हुने कार्यक्रमहरुका लागी सुर्य कुँवर, श्रुती शाह र दिलिप लामिछाने लाई चयन गरिएको जानकारी दिए ।

उनका अनुसार अष्ट्रेलिया र अमेरिकमा रहने नेपालीहरुलाई समेत क्लव मार्फत समेट्न प्रयास गरिएको छ । शन्तिनगरका केसी शुक्लागण्डकी नगरपालिका वडा न ७ का वडाध्यक्ष रामबहादुर क्षेत्री थापाका पुत्र हुन् ।

Leave A Reply

Your email address will not be published.