नेपाल जापान फ्रेन्डसीप लायन्स क्लब र लायन्स क्लब अफ काठमाडौं ग्लोबल आईले पोखरामा छात्रवृत्ति वितरण

जापान।
नेपाल जापान फ्रेन्डसीप लायन्स क्लब र लायन्स क्लब अफ काठमाडौं ग्लोबल आईले पोखरा महानगरपालिका १४, काजीपोखरीमा रहेको ३ ओटा विद्यालयका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ ।
कालिका बहुमुखी क्याम्पसको शिक्षा संकाय कक्षा १२ मा अध्ययनरत गरीब, जेहेन्दार विद्यार्थीहरु सुमिना विक र टीकाकुमारी घर्तीमगर त्यस्तै ,शुक्रराज बलभद्र माध्यमिक बिद्यालयमा कक्षा १० मा अध्ययनरत छात्रा सबिना परियार र कक्षा ६ मा अध्ययनरत छात्रा अर्चित परियार र रामेश्वरी माध्यमिक बिद्यालय कक्षा ११ मा अध्ययनरत अमृत पुन र कक्षा १० मा अध्ययनरत मुना गुरुङ लाइ १२ हजारका दरले छात्रवृत्ति प्रदान गरिएको छ।
उक्त छात्रवृत्ति प्रदान कार्यक्रममा रामेश्वरी माध्यमिक विद्यालयका पुर्व बिद्यालय ब्यबस्थापन समिति सदस्य एवं नेपाल जापान फ्रेन्डशिप लायन्स क्लबका निवर्तमान अध्यक्षका पिता चिन हादुर थापा ,पोखरा -१४ का पुर्व महिला सदस्य सिता थापा र कालिका बहुमुखी क्याम्पससंचालक समिति सदस्य बोध बहादुर कार्की को उपस्थितिमा गरिएको हो।
नेपाल जापान फ्रेन्डशिप लायन्स क्लबका निवर्तमान अध्यक्ष सन्तोष थापाको ब्यबस्थापनमा वर्तमान अध्यक्ष संकर केसी र काठमाडौँ ग्लोबल आई लायन्स क्लबका अध्यक्ष छत्र दाहालको संयोजनमा छात्रवृत्ति सहयोग गरिएको हो।
क्लबले यसअघि पनि विभिन्न जिल्लामा छात्रवृत्ति वितरण गरेको थियो ।

यसैबीच कालिका बहुमुखी क्याम्पसका प्रमुख रवीन्द्रनाथ बास्तोलाले छात्रवृत्ति प्रदान गरेकोमा दुवै संस्थाहरुप्रति कृतज्ञता व्यक्त गरेका छन् ।

क्लबलाई एक पत्र लेख्दै क्याम्पस प्रमुख बास्तोलाले अर्को वर्षहरुमा पनि सहयोग र सहकार्य रहीरहोस् भन्ने आशा एवं विश्वास व्यक्त गरेका छन् ।

Leave A Reply

Your email address will not be published.