नेपाल जापान फ्रेन्डसीप लायन्स क्लब र कास्की पोखरा समाज क्युस्युको सहकार्यमा आर्थिक सहयोग

नेपाल जापान फ्रेन्डसीप लायन्स क्लब र कास्की पोखरा समाज क्युस्युको संयुक्त सहकार्यमा पोखराकी अस्मिता तिमल्सिनालाई २२ हजार ४०० रुपैयाँ सहयोग गरिएको छ ।

पोखरा निवासी २१ वर्षीया तिमल्सिना अप्लास्टिक एनीमिया रोगले ग्रसित भई हाल उपचार गरिरहेकी छिन् । घरको आर्थिक अवस्था कमजोर भएको र उपचार गर्न धेरै नै खर्च लाग्ने हुँदा सहयोगको अपिल गरिएको थियो । नेपाल जापान फ्रेन्डसीप लायन्स क्लब र कास्की पोखरा समाजले संयुक्त रुपमा सहयोग गरेको हो ।

नेपाल जापान फ्रेन्डसीप लायन्स क्लबका अध्यक्ष सन्तोष थापाले अस्मिता तिमल्सिनाको शिघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । उनले लायन्स क्लबले गरिब,असहाय एवं बिरामीहरुलाई सहयोग गर्दै आइरहेको बताएका छन् ।

त्यस्तै, कास्की पोखरा समाज क्युस्युका अध्यक्ष पुष्पराज पौडेलले पोखरावासी बैनी धेरै नै खर्च लाग्ने अप्लास्टिक एनीमियाजस्तो ठूलो रोगले ग्रसित भई सहयोग अपिल गरेको हुँदा समाजको तर्फबाट सहयोग गरिएको बताए । साथै सहयोग गर्न इच्छुकहरुलाई उनले अपिलसमेत गरेका छन् । प्राकृतिक चिकित्सालय रजहरका निर्देशक डा.बिनोद पौड़ेलले बिरामी अस्मिता तिमल्सिनालाई प्रत्यक्ष भेट गरी संकलित सहयोग रकम २२ हजार ४०० रुपैयाँ हस्तान्तरण गरेका थिए ।

Leave A Reply

Your email address will not be published.