नेपाल-जापान फ्रेन्डसीप लायन्स क्लबसहितका दाताबाट नुवाकोटको जनकल्याण पाठशालालाई आर्थिक सहयोग

नुवाकोट माघ २७ । नुवाकोट जिल्लाको पञ्‍चकन्या गाउँपालिका ३ घलेगाउँमा सामाजिक संस्थाको अगुवाईमा सञ्‍चालित ‘जनकल्याण सामुदायिक पाठशाला’ लाई नेपाल-जापान फ्रेन्डसीप लायन्स क्लबसहितका दाताबाट आर्थिक सहयोग आर्थिक सहयोग प्राप्त भएको छ ।

‘गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता’ सन्देशसहित पञ्‍चकन्या जनकल्याण युवा समाजले २०६७ सालदेखि सुरु गरेको जनकल्याण सामुदायिक पाठशाला लाई नेपाल-जापान फ्रेन्डसीप लायन्स क्लबबाट १३ हजार ५ सय, गोर्खा मिडिया डटकम यूके र बेलायतवासी नेपालीको तर्फबाट १ लाख ५ हजार, बेलायतकै कृष्ण गुरुङ र प्रकाश गुरुङबाट २० हजार र काठमाडौंका तीन व्यवसायीले सोमबार विद्यालयको प्रांगणमा आयोजित कार्यक्रममा सहयोग रकम हस्तान्तरण गरिएको हो । नेपाल-जापान फ्रेन्डसीप लायन्स क्लबले छात्रवृत्तिका लागि केही महिनाअघि नै नेपाल जापान फ्रेन्डशिप कयंस क्लबका संथापक अध्यक्ष (एनआरएनए जापान क्युस्युका सचिव )अर्जुन थापामार्फत् रकम उपलब्ध गराएको भए पनि कोरोना भाइरस महामारीको जोखिमका कारण सोमबार मात्रै हस्तान्तरण तथा सार्वजनिक गरिएको हो ।

त्यस्तै कोरोनाकै कारण बेलायतबाट कुनै प्रतिनिधि उपस्थित हुन नसकेपछि विशिष्ट अतिथिहरु काठमाडौंबाट समाजसेवी तथा व्यवसायीहरु काजीमान गुरुङ, लक्ष्मी गुरुङ र विजय गुरुङले सोमबार (२०७७ माघ २६ गते) विद्यालयमा आयोजित ‌औपचारिक कार्यक्रममा १ लाख ५ हजार रुपैयाँको चेक प्रिन्सिपल डीबी क्षत्रीलाई संयुक्त रुपमा हस्तान्तरण गरेका हुन् । उक्त रकम बेलायतका मनकारी समाजसेवी, व्यवसायी एवं प्रबुद्ध व्यक्तिहरु १२ जनाबाट स्वत: स्फूर्त रुपमा संकलन गरी नेपाल पठाएको गोर्खा मिडियाका प्रबन्ध निर्देशक एवं समाजसेवी मिलन तमुले जानकारी दिए ।

उनले गोर्खा मिडियाले आफ्नो स्थापनाकालमै प्रशासनिक खर्च कटाएर बचेको रकम विभिन्न दु:खपीडामा परेका, शैक्षिक, स्वास्थ्य लगायत क्षेत्रमा सहयोग गर्ने उद्देश्यअनुरुप सहयोग दिन थालिएको प्रस्ट पारे । उनले दिएको अनुसार

  • गोर्खा मिडियाको तर्फबाट २५ हजार नेपाली रुपैयाँ
  • चित्रबहादुर गुरुङ १०० पाउन्ड
  • मेजर खुसीमान गुरुङ एमभीओ ५५ पाउन्ड
  • जुमकाजी गुरुङ ५१ पाउन्ड
  • मधुकर गुरुङ १० हजार
  • अर्चना लिम्बु १० हजार
  • क्याप्टेन नारायणबहादुर एमभीओ/चन्द्रदेवी गुरुङ ५१ पाउन्ड
  • एकेन्द्र गुरुङ ३४ पाउन्ड
  • मेजर उदयबहादुर गुरुङ एमबीई ३१ पाउन्ड
  • धर्मराज गुरुङ २५ पाउन्ड
  • नगेन्द्र नेम्वाङ २५ पाउन्ड
  • नन्दकुमारी गुरुङ र किसन गुरुङ २० पाउन्ड
  • नेपाल-जापान फ्रेन्डसीप लायन्स क्लबबाट १३ हजार ५ सय

साथै विद्यालयको दुरावस्था देखे समाजसेवी तथा व्यवसायीहरु विजय गुरुङले १० हजार, काजीमान गुरुङ र लक्ष्मी गुरुङले ५/५ हजार गरी थप २० हजार रुपैयाँ प्रदान गरेका विद्यालयले जनाएको छ । सोही विद्यालयलाई यसअघि बेलायतबाटै समाजसेवी एवं धावक प्रकाश गुरुङ र समाजसेवी तथा फायर वकर कृष्ण गुरुङले १०/१० हजार गरेको विद्यालयमा सोमबारकै कार्यक्रममा घोषणा गरिएको थियो ।

त्यस्तै गत वर्ष बेलायत निवासी समाजसेवी तथा व्यवसायी देव गुरुङले २५ हजार नगद विद्यालयको स्तरोन्नतिका लागि प्रदान गरेका सञ्‍चालक समितिले जनाएको थियो ।

सहयोग हस्तान्तरण भइसकेपछि विशिष्ट अतिथिहरुको तर्फबाट मन्तव्य राख्दै समाजसेवी तथा व्यवसायी विजय गुरुङले सहयोग उपलब्ध गर्नु हुने बेलायतवासी समाजसेवी एवं गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमु लगायतलाई धन्यवाद दिए । समाजसेवी गुरुङले विद्यार्थीको भविष्य टिचरहरुको हातमा रहेको स्मरण गराउँदै उनीहरुले कसरी चाँडो सिक्न सकिन्छ त्यसमा ध्यान दिन सुझाव दिए । आफू पढ्ने बेलामा टिचरहरु देखेपछि डर लाग्ने गरेको स्मरण गर्दै बच्चाहरुलाई खुसी बनाउने र उनीहरु चाहेको शिक्षा दिने सरल र प्रभावकारी शिक्षण विधि अपनाउन पनि अनुरोध गरे । एउटा सामाजिक संस्थाबाट सेवामूलक ढंगले न्यूनतम शुल्कमा विद्यालय सञ्‍चालन भइरहे पनि नाजुक पूर्वाधार देख्दा आफूहरुलाई पनि सहयोग गर्ने सोंचले सहयोग रकम प्रदान गरिएको व्यवसायी गुरुङले प्रस्ट पारे ।

विद्यालयका प्रिन्सिपल डीबी क्षेत्रीले आफू १२ वर्षदेखि विद्यालयको विकास र नानीबाबुहरुको भविष्यका लागि खटिरहेको भन्दै पछिल्लो समय देश विदेशबाट भएको सहयोगप्रति धन्यवाद र आभार व्यक्त गरे । उनले सम्पूर्ण दाताहरुमा सहयोगका लागि धन्यवाद भन्दै पुन: सहयोगको अपेक्षा गरे ।

पञ्चकन्या जनकल्याण युवा समाजका अध्यक्ष एवं विद्यालयका प्रमुख गुठियार टीकाराम तामाङले नेपाल जापान फ्रेन्डसीप लायन्स क्लबका अध्यक्ष अध्यक्ष सन्तोष थापा, सचिव दिनेश रिमालसहित सम्पूर्ण पदाधिकारी एवं सदस्यहरु, बेलायतमा सहयोग संकलनको पहल गर्ने गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमु, चित्रबहादुर गुरुङ, मेजर खुसीमान गुरुङ एमभीओ. जुमकाजी गुरुङ, मधुकर गुरुङ, अर्चना लिम्बु, नारायणबहादुर एमभीओ/चन्द्रदेवी गुरुङ, एकेन्द्र गुरुङ, मेजर उदयबहादुर गुरुङ एमबीई, धर्मराज गुरुङ, नगेन्द्र नेम्वाङ, नन्दकुमारी गुरुङ र किसन गुरुङ, प्रकाश गुरुङ, कृष्ण गुरुङ, देव गुरुङसहित समाजसेवी तथा व्यवसायीहरु एवं कार्यक्रमका विशिष्ट अतिथिहरु विजय गुरुङ, काजीमान गुरुङ र लक्ष्मी गुरुङलगायत सम्पूर्ण दाताहरुलाई हार्दिक आभार र धन्यवाद दिएका थिए ।

विद्यालयलाई अझै माथि उकास्ने र मुख्यगरी व्यवहारिक र प्रविधिमैत्री शिक्षाका लागि विद्यालयमा इन्टरनेट जोड्ने, भर्चुअल क्लासको तयारी, पूर्वाधारमा विकास र शिक्षक कर्मचारीहरुका हितका निम्ति आफूले प्रयास जारी राख्ने भन्दै प्रमुख गुठीयार तामाङले छात्रवृत्तिको विस्तारमा पनि ध्यान दिइने बताए । २०६७ सालमा ८ जनाबाट १०/१० हजार लगानीमा सुरु गरिएको विद्यालयले १० दशक पार गर्दा तीन दर्जनभन्दा बढी सेयर सदस्य वा सहयोगी पुगेकोमा प्रमुख तामाङले खुसी व्यक्त गरे । उनले प्राप्त रकम पारदर्शी ढंगले विद्यालयको पूर्वाधार विकास र विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्नमा खर्च गरिने पनि विश्वास व्यक्त गरे । त्यसक्रममा प्रमुख गुठियार तामाङले विद्यालय स्थापना गर्न प्रमुख भूमिका खेल्ने पञ्‍चकन्या जनकल्याण युवा समाजका पूर्व अध्यक्ष एवं वर्तमान सल्लाहकार रामचन्द्र कार्की, पूर्वअध्यक्ष केशव विष्ट, वर्तमान वरिष्ठ उपाध्यक्ष अर्जुन थापा, कोषाध्यक्ष रामहरि भण्डारी लगायत सम्पूर्ण पुराना र नयाँ कार्यसमिति तथा पछिल्लो चरणमा विद्यालयलाई हरतहरले सहयोग गर्ने साथीहरुलाई स्मरण गर्दै धन्यवाद दिएका थिए ।

विद्यालयका शिक्षक राजेश ओलीले सञ्‍चलान गरेको कार्यक्रममा विद्यार्थीहरुले सुन्दर नाच प्रस्तुत गरेका थिए ।

विद्यालयका शिक्षक/शिक्षिकाहरु

Leave A Reply

Your email address will not be published.