नेपाल जापान फ्रेन्डसीप लायन्स क्लबको चौथो चार्टर नाइट भव्य रुपमा सम्पन्न

फुकुओका मंसिर २२ । नेपाल जापान फ्रेन्डसीप लायन्स क्लबको चौथो चार्टर नाइट भब्य रुपमा समापन भएको छ । डिसेम्बर ६ तारिखका दिन साँझ ७ बजेबाट नमस्ते हाकाता रेस्टुरेन्टमा सुरु भएको  कार्यक्रमा क्लबले यस वर्ष गरेका कार्यक्रमका समीक्षा, भावी योजना र सक्रिय लायनहरुलाई सम्मानका साथै नयाँ सदस्यहरुलाई स्वागत गरिएको थियो ।

कार्यक्रममा चार्टर नाइटको शुभकामना दिने ३२५ ए २ का डिस्ट्रिक गभर्नर डा सुशीला मल्ल, प्रथम भाइस डिस्ट्रिक गभर्नर केशव पाण्डे र सेकेन्ड भाइस डिस्ट्रिक गभर्नर दिनेशप्रसाद श्रेष्ठ, पास्ट डिस्ट्रिक गभर्नर मधुकर उपाध्याय र सिनियर सिटिजन लायन्स धनराज बडेल र जोन चेयर पर्सन रबिराज कार्कीको शुभकामना सन्देश प्रथम उपाध्यक्ष शंकर केसीले वाचन गरेका थिए ।

कार्यक्रममा द्वितीय उपाध्यक्ष लायन भगिरथ पौडेल र तृतीय उपाध्यक्ष प्रकाश लामिछानेलाई यस वर्ष उत्कृष्ट कार्यको सम्मान प्रदान गरिएको थियो । त्यस्तै यस वर्ष लायन्स क्लबमा सदस्यता ग्रहण गर्ने नवराज गौतम र लक्ष्मण क्षेत्रीलाई स्वागत गरिएको थियो ।

कार्यक्रममा नेपाल जापान फ्रेन्डसिप लायन्स क्लबका चार्टर प्रेसिडेन्ट अर्जुन थापा, इमिडेट पास्ट प्रेसिडेन्ट ज्योति केसी, एनआरएनए जापानका उपाध्यक्ष एवं सल्लाहकार लक्ष्मण बानियाँ, एनआरएनए क्युस्यु संयोजक देवराज उप्रेती, सल्लाहकार छत्र दाहाल, नविन अधिकारीलगायतका महानुभावहरुको उपस्थिति रहेको थियो ।

वक्ताहरुले विगतमा गरेका कार्यको प्रशंसा गर्दै आगामी दिनहरुमा जापानिज क्लबहरुसँग सहकार्य गरी बृहत् योजनाको परिकल्पनामा जोड दिएका थिए । कार्यक्रमको अन्त्य चौथो चार्टर नाइट हर्सोल्लासका साथ केक काटेर अन्त्य गरिएको थियो ।

कार्यक्रम सभापति क्लबका अध्यक्ष लायन सन्तोष थापाले गरेका थिए भने कार्यक्रम संचालन लायन दिनेश रिमालले गरेका थिए । 

Leave A Reply

Your email address will not be published.