नेपाल-जापान फ्रेन्डसीप लायन्स क्लबको चौथो चार्टर नाइट डिसेम्बर ६ मा

फुकुओका १७ मङ्सिर । नेपाल-जापान फ्रेन्डसीप लायन्स क्लबको चौथो चार्टर नाइट यही डिसेम्बर ६ तारिख आइतबार हुने भएको छ ।

क्लबका अध्यक्ष सन्तोष थापाको अध्यक्षतामा बसेको कार्यसमिति बैठकले नमस्ते हाकाता रेस्टुरेन्टमा चार्टर नाइट आयोजना निर्णय गरेको हो ।यस वर्ष कोभिड-१९ का कारण विश्व नै आक्रान्त भइरहेको विषम परिस्थितिमा कोभिड-१९ सचेतता एवं सहयोग कार्यक्रम आयोजना गर्दै आइरहेको क्लबका अध्यक्ष  थापाले बताए । उनले चार्टर नाइटमा कोभिड -१९ सचेतनाका उपायहरु अपनाई कार्यक्रमको तयारी भइरहेको पनि बताए ।

चार्टर नाइटमा नयाँ सदस्य स्वागत, यस कार्यकालका सम्पन्न कार्यक्रमको समीक्षा र भावी योजनाबारे कार्यसूची छ । क्लबले आफ्नो स्थापनाकालदेखि विभिन्न सामाजिक कार्यक्रम गरेर प्रशंसा बटुल्नुका साथै सामाजिक कार्यमा साथै सक्रिय भई उल्लेखनीय सामाजिक कार्य गर्दै आइरहेको छ ।

सन् २०१६ डिसेम्बर ६ तारिख लायन्स क्लब इन्टरनेसनलमा दर्ता भई नेपाल तथा जापानमा विभिन्न सामाजिक कार्य गर्दै आइरहेको छ । क्लब स्थापना दिवसको अवसरमा पारिवारिक सदस्यहरुबीच कार्ययोजना एवं विभिन्न मनोरञ्जनात्मक कार्यक्रमसहितको रात्रिभोज गर्ने परम्परा रहेको छ । यसै अनुरुप डिनरसहित औपचारिक कार्यक्रम तयारी गरिएको आयोजकले बताएको छ ।

नेपाल-जापान फ्रेन्डशिप लायन्स क्लब जापानमा पहिलो पटक नेपालीहरूले स्थापना गरेको पहिलो क्लब हो ।

Leave A Reply

Your email address will not be published.